झापा,४ मंसीर । नेकपा एमाले कोशी प्रदेश कमिटीले आफना ३ जना नेतालाई पार्टी सदस्यताबाट निष्कासन गर्नुका साथै २ जनालाई स्पष्टीकरण सोधेको छ ।विराटनगरमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारीलाई पाटीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय भएको एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले बताए ।
कारवाहीमा पर्ने चौधरी इटहरी उपमहानगरपालिका र सिवाकोटी झापाको बिर्तामोड नगरपालिकामा एमालेबाट २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा पनि मेयर दोहो¥याउने चाहाना राखेका चौधरीलाई पाटीले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादी प्रवेश गरेर सुनसरी क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार भएका थिए । उनी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । निर्वाचनमा पराजित भएसँगै एमालेमा फर्किएका चौधरी पार्टी गतिविधिमा भने सामेल हुन सकेका थिएनन् ।
उनी पाटीका स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए । साधारण सदस्य बाट समेत निष्कासनमा परेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर सिवाकोटी माथि भने आफ्नै घरमा काम गर्न राखिएकी किशोरी माथि बलात्कार गरेको आरोप लागेको छ । सो अभियोगमा हिरासत बसेर उनी केही महिना अघि धरौटीमा रिहा भएका छन् ।
उनको मुद्दा अदालतमा विचराधिन रहेको छ । उनी प्रहरी हिरासतमा नबसी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा बसेको र त्यसमा पाटीले संरक्षण गरेको आरोप समेत लाग्दै आएको छ । साधारण सदस्यबाट निष्कासनमा परेका मनोरथ तिवारी भने भदौ २४ गते भएको आगजनी तोडफोड र लुटपाटमा संलग्न रहेको पार्टी सचिव भण्डारीले बताए ।
यस्तै प्रदेश कमिटीको इटहरीका काशीनाथ दङगाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दङ्गाल यस अघि नेकपा कालमा एमाले इटहरी नगर कमिटीका सचिव थिए ।