दमक ,१२ कार्तिक । आउदो शुक्रवार अर्थात कार्तिक १४ गतेदेखि दमक वजार पुनः एक दिन बन्द हुने भएको छ । नेपालीहरुको महान चाड दशै,तिहार, छैठ लगायतका चाडपर्व सकिए लगत्तै साप्ताहिक रुपमा हरेक शुक्रवार हुदैआएको वजार वन्द पुनः लागू हुने भएको हो ।संघले चाडपर्व भरि उपभोक्ताहरुलाई किनमेल गर्न सहज भन्ने उद्देश्यले दमक वजार सातै दिन खुला गरेको थियो ।
दमक उद्योग वाणिज्य संघले बुधबार सूचना निकालेर शुक्रवार वजार बन्द कार्यलाई अनिवार्य रुपले कार्यान्वयन गरि,गराईदिन हुन सवै उद्योगी,व्यवसायीहरुसंग अनुरोध गरिएको उल्लेख छ । संघद्धारा सूचनामा भनिएको छ ,– ‘चाडपर्वका समयमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखी शुक्रबारका दिन समेत पसल व्यवसाय खुल्ला रहँदै आएकोमा यहि कात्तिक १४ गते शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार साप्ताहिक रुपमा पसल व्यवसाय बन्द राखी व्यवसायिक ऐक्यवद्धता कायम गर्नु हुन समस्त उद्यमी व्यवसायीहरुमा अनुरोध गर्दछौं । ’
दमकमा नियमित रुपमा साताको शुक्रवार बजार वन्द हुदैआएको र अव पुनः १४ कार्तिकदखि दमक वजार बन्द रहने समेत आम उपभोक्ताहरुमा जानकारी गरिएको संघले उल्लेख गरेको छ ।