दमक,३० असोज । दमकमा वेवारिसे अवस्थाका एक बृद्धसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बेवारिसे व्यक्ति हुन भने अर्का एकजना आश्रितको मानव उद्धार सेवा आश्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बुधबार दिउँसो ४.४५ बजे तिर दमक- ६ पूर्व बसपार्कस्थित स्वामीको रुखमुनि रहेको सिमेन्टको चौतारामा तत्काल नाम, थर, वतन नखुलेको तराई मुलका जस्तो देखिने मागी खाइहिड्ने अन्दाजी वर्ष ६५ का पुरुष मानिस उतानो परी मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
त्यस्तै दमक –२ स्थित मानव उद्धार सेवा आश्रममा एकजना आश्रितको मृत्यु भएको छ । असोज ७ गते कमल –६ काटाचोकबाट तत्काल वतन नखुलेको बर्ष ८९ का डम्बरबहादुर दमाई नाम बताउने वृद्धलाई उद्धार गरी उक्त आश्रममा लगी राखिएको थियो । बुधबार विहान ९ बजे ओछ्यानमा सुतेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरि शव पोष्टमार्टमका लागि दमक अस्पताल दमक पठाएको छ ।