गोदाम घरबाट जुवा खेलिरहेका ७ जना पक्राउ

इटहरी ,२२ असोज । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोशी गाउँपालिका–१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published.