झापा,१८ असोज । खोलामा डुबेर झापा र उदयपुरमा गरि एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको बाह्दशीमा वृद्ध र उदयपुरमा बालिकाको ज्यान गएको हो । यसरी ज्यान गुमाउनेमा बाह्दशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मु र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
प्रहरीका अनुसार आज (शनिबार) बिहान करिब १०ः३० बजे घाघरा खोला तर्ने क्रममा खुट्टा चिप्लिएर मुर्मु डुबेको स्थानीयले देखेपछि तत्काल उद्धार गरी घरतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
मृतकको शवलाई प्रादेशिक मेची अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि परिवारले अन्त्येष्टि गरेको प्रहरीले जनाएको छ ।
यसैगरि, उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ पाकाना सैलेनी घर भई त्रियुगा वडा नं ५ दमैतीमा खेती गरि बस्ने उजन राईकी ३ बषिया छोरी रेबिका राईको घरनजिकै रहेको अम्बिका खोलामा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।