-पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान
दमक,२२ भदौं । नेपाल लाईब्ररी फाउण्डेशन गृहपुस्तकालय अभियान झापा शाखाले शनिवार १८औ पुस्तकालय दिवस मनाएको छ ।जिल्लामा रहेका कवि तथा साहित्यकारहरु सहभागी भएको उक्त कार्यक्रममा दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गर्नुका साथैं श्रष्टा समेत रहेका पूराना पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान गरिएको थियो । सोहि अवसरमा तीन जना श्रष्टाले निकालेका कृति माथि चर्चा समेत गरिएको नेपाल लाईब्ररी फाउण्डेशन गृह पुस्तकालय अभियान झापा शाखाका अध्यक्ष डा. लेखनाथ न्यौपानेले बताए ।
फाउण्डेशन झापा शाखाका सचिव ओमप्रसाद खनालका अनुसार रचना वाचन गर्ने साहित्यकारहरुमा विन्दु दाहाल मुकदर्शक, यादव प्रसाद अधिकारी झाक्रिखोले ,दुर्गा काफ्ले,ओमप्रसाद खनाल,बिबेक दुलाल क्षेत्री,अम्विका सापकोटा ,कृष्ण उदाशी,रामकुमार उपाध्याय, बाबुराम न्यौपाने, किशोर खनाल रहेका थिए ।
कार्यक्रममा साहित्यकार मेघनाथ बन्धुले कवि हेमनाथ अधिकारीको ‘उत्तरी ध्रुव तिर बरालिदा’ पुस्तकको ,साहित्यकार गोपाल दाहालले साहित्यकार दुर्गा काफ्लेको ‘चाँदनी’उपन्यासको र कवि विष्णु न्यौपानेले भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ पुस्तकको चर्चा गरेका थिए । कार्यक्रम कवि तथा साहित्यकार हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । फाउण्डेशनले नेपाली साहित्य क्षेत्रमा योगदान पुरयाउँने हेतुले विभिन्न कार्यक्रम सञ्चालन गरिआएको छ ।