दमक,१४ भदौं । दमक- ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ठ कारोवार सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरणसहित विविधि कार्यक्रम गरि आफनो आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार मारवाडी सेवा समितिको सभाहलमा एक कार्यक्रम गरि साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष चुडामणी ओझाले सञ्चालक समितिका तर्फवाट अध्यक्षको बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । विगत सात वर्षमा संस्थाले हासिल गरेको कारोवारको संक्षिप्त विवरण राख्दै अध्यक्ष ओझाले सहकारीमा आर्कष्ण बृद्धि गर्न सदस्य केन्द्रीत आफनो सेवा अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।
सभामा अध्यक्ष ओझाले सुर्यमुखी सहकारी र दमक ६ मा रहेको नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाविच एकीकरण हुने प्रस्ताव पेश गरे । जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा सहभागि सहकारी संस्थाका अगुवाहरुले अब दुई वा दुईभन्दा बढी सहकारी संस्थाहरुविच एकापसमा मर्ज नगरी सहकारी संस्थाहरु चल्न नसक्ने अवस्था आएको औल्याएका छन् ।
सभामा प्रमुख अतिथि अध्यक्ष कोइराला, सहकारी मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रबन्धक अर्जुन कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला सहकारी संघका सञ्चालक सदस्य तथा फागुनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदम लिम्बू, (संकल्प), जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने,कञ्चनजंघा सहकारीका अध्यक्ष भरत चम्लागाई लगायतको उपस्थिति थियो ।
दुवै प्रतिवेदन सभाले पारित गरेको व्यवस्थापक गोकुल न्यौपानेले जानकारी दिए ।
सोहि अवसरमा संस्थाले उत्कृष्ट ज्यष्ठ सदस्यद्धय बालकुमार कार्की , पुण्यमाता रिजाल, उत्कृष्ठ बाल बचत गर्ने योजना भट्टराई,प्रिन्स खड्का, धारणा गौतम, आयोग भण्डारी, उज्जवल ओझा, सुप्रभा न्यौपाने,संस्कृति सुवेदी, प्रनिषा बस्नेत , प्रिन्सा खड्कासहित उत्कृष्ठ बचत तथा ऋण कारोवार गर्ने ४० जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
१ करोड ३८ लाख ९५ हजार कुल शेयर पूंजी रहेको यस संस्थामा ८७९ जना शेयर सदस्य रहेका छन् । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्ला वर्षमा कारोवार वृद्धि गर्न सफल भएको जनाएको छ । जस अनुसार कोषमा ७. ४७ प्रतिशत , बचतमा ३.१७ प्रतिशतले बृद्धि गरेको भएपनि कर्जा लगानीमा भने ५.७० प्रतिशतल कमी आएको प्रतिवेदनमा उल्लेख छ ।