टाँडीमा मोटरसाईकल दुर्घटना, डाँगीको मृत्यु

उर्लाबारी ,१ भदौं । उत्तरपूर्वी मोरङको नयाँ पर्यटकीय गन्तव्य मिक्लाजुङ–१, रमितेबाट फर्किँदै गरेको मोटरसाइकल टाँडीको अधिकारी चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाका अनुसार उत्तरबाट दक्षिण आउँदै गरेको मे. २ प. ९०९७ नम्बरको मोटरसाइकल दिउँसो ३ः५० बजेतिर मिक्लाजुङ–३ को अधिकारी चोकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी उर्लाबारी–४ का १७ बर्षिय आरप डाँगीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा डाँगीको टाउकोमा गम्भीर चोट लागेको थियो । सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ का १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । थापाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार अधिकारी चोकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट लगभग १५ मिटर तल झरेर पिठारीको रुखमा ठोक्किएर अड्किएको थियो ।

Leave a Reply

Your email address will not be published.