दमक,२९ साउन । झापाको कमल गाउँपालिका- ५ स्थित मंगलमय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज सर्प डसाई सावधानीका विषयमा स्वास्थ्य शिक्षा अनुशिक्षण प्रदान गरिएको छ । लखनपुर स्वास्थ्य चौंकीको आयोजनामा भएको सो कार्यक्रममा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अनुशिक्षणमा लखनपुर स्वास्थ्य चौंकीका प्रमुख बिर्सजन तामाङले सहजीकरण गरेका थिए ।
सहजकर्ता तामाङले सर्पडसाई सावधानी सम्बन्धी आधारभूत जानकारी गराएका थिए । यस शिक्षाले सर्प डसाईमा हुन सक्ने अनभिज्ञता हट्ने उनको भनाई छ ।
उनका अनुसार बर्षात तथा गर्मी मौषममा सर्प डसाईका घटना हुने भएको र त्यस सम्बन्धी समुदायसम्म जनचेतना दिन यस किसिमका कार्यक्रम सञ्चालन गरिदैआएको छ । सर्प डसाईबाट अकालमै हुने मृत्यु दर घटाउन समुदायसम्म जनचेतना पुरयाँउने उद्देश्यले विद्यालय शिक्षा सञ्चालन गरिएको लखनपुर स्वास्थ्य चौंकीका प्रमुख तामाङले बताए ।
