भोलि ३१ औ विश्व आदिवासी दिवस, कमलमा तीनदिन सम्म मनाईदै

दमक२३ साउन । नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँ समन्वय परिषदले तीन दिन सम्म विभिन्न कार्यक्रमहरु गरि विश्व आदिवासी दिवस मनाउने भएको छ । यहि२४ साउनमा नेपालसहित संसारभरिका आदिवासी जनजातिहरुले ३१ औ विश्व आदिवासी दिवस मनाउने गरेको अध्यक्ष वदी साङपाङले बताए ।

उनका अनसार यस दिवसलाई भव्य र सार्थकता प्रदान गर्न भोलिदेखि तीनदिनसम्म रक्तदानसहित दिपप्रज्जवलन, प्रशिक्षण कार्यक्रम गरि मनाउने तय गरिएकोछ । २४ साउन साँझ ६.३० कमल ५ स्थित पाडाजुंगीमा दीपप्रज्जवलन गरिनुका साथै भोलिपल्ट २५ ते केर्खामा विहान ८ वजेदेखि खुला रक्तदान कार्यक्रम राखिएको छ । त्यसैगरि, २६ गते आदिवासी जनजातिका अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम तय गरिएको अध्यक्ष राईले बताए ।

यसैगरि, दमकमा पनि आदिवासी जनजातिहरुले ३१ औ विश्व आदिवासी दिवस मनाउने तयारी पूरा भएको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तरकृया कार्यक्रम राखिएको सचिव समुन्द्रा लामाले बताईन् ।

Leave a Reply

Your email address will not be published.