दमक , २३ साउन । यहाँस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले समान ढुवानी ओसारपसारका लागि टाटा गाडी ल्याएको छ । संस्थाले नियमित रुपमा सेवा पुरयाँउदै आएको खानेपानीको उपलव्धतालाई थप प्रभावकारीतामा सघाउ पुरयाँउन थप गाडी ल्याइएको हो ।
नेपाल सरकारको विभागीय मन्त्रालयबाट हालै ती गाडी ल्याइएको अध्यक्ष रवि केसी न्यौपानेले बताए । उनका अनुसार सरकारी सो गाडी खानेपानीका समान,औजार तथा उपकरणहरु ओसारपसारमा प्रयोग गरिने छ । संस्थामा यसअघि एउटा निकै पूरानो गाडीले जेनतेन दैनिक कार्यसम्पादन धान्दै आएको थियो । थप सवारी साधनको आवश्यकता महषुष भईरहेको बेला सरकारबाट प्राप्त यो गाडी निकै उपयोगी हुने उनको भनाई छ ।
उपभोक्ताद्धारा सञ्चालित दमकको खानेपानी संस्थामा करिव १५ हजार उपभोक्ता आवद्ध छन् । दमकका १० वटै वडाका बासिन्दालाई यस खानेपानी संस्थाले स्वच्छ पिउने पानी उपलव्ध गराउदैआएको छ । दमक ३ मा आंशिक बाहेक अन्य सवै वडामा यस संस्थाले पानी पुरयाँएको अध्यक्ष न्यौपाने बताउँछन् । दमकको केहि दुर्गम दक्षिणी वडा भनेर चिनिने दमक १० मा भने हाल परियोजनाका काम धमाधम भईरहेको र अवको महिना दिन भित्रमै पानी वितरण गरिने लक्ष्य रहेको उनले सुनाए ।