बालसेवा आधारभुत विद्यालयको अध्यक्षमा पुनः ल्वागुन

झिलझिले, २० साउन । जिल्लाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् ।
सोमबार अभिभावकहरुको भेलाले ल्वागुन पुनः दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका ल्वागुन पत्रकारिता संगै सामाजिक तथा राजनीति क्षेत्रमा सक्रिय छन् ।
सर्वसम्मत गठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा प्रेम रोक्का, पवित्रा तामाङ, सृजना रेग्मी, भुवनकुमारी शेर्मा, दुर्गाप्रसाद फुयाल र शिक्षक प्रतिनिधिमा गणेशराज कटुवाल चुनिएको सदस्य सचिव समेत रहेका प्रधानाध्यापक वेनुप्रसाद कार्कीले बताए ।
यसैगरि, सोहि भेलाले हेमा खड्गीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.