दमकमा रथयात्राको तयारी शुरु

दमक,१३ साउन । विगतका वर्षहरूझैँ यसवर्ष पनि दमकमा बृहत रथयात्रा निकालिने भएको छ । दमक वजारमा रहेको श्रीकृष्ण मन्दिरमा मंगलवार विहान नगरपालिकासहित स्थानीय सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको भेलाले दमकमा निकालिदै आएको रथयात्रा तयारीका बारेमा छलफल गरेको हो ।

श्रीकृष्ण रथयात्रा व्यवस्था समिति दमकका अध्यक्ष रोहित आचार्यको अध्यक्षतामा भएको भेलाले यसपटक श्रीकृष्ण जन्ममहाष्टमी साउन ३१ गते परेको र त्यसको भोलिपल्ट भदौ १ गते दमकमा बृहत रथयात्रा निकालिने निर्णय गरिएको छ ।

कार्यक्रममा रथयात्राको तालिका पनि सार्वजनिक गरिएको थियो । रथयात्रालाई रथमा विरजमान गराउन दिनको १२ बजेदेखि धार्मिक सांस्कृतिक कार्यक्रम सुरु भई दिनको २ बजेदेखि रथयात्रा निकालिने अध्यक्ष आचार्यले बताए ।

राधाकृष्ण मन्दिरबाट सुरु भई हनुमान मन्दिर, पशुहाट ,महेन्द्र राजमार्ग हुँदै दमकचोकलाई परिक्रमा गरी फर्निचर लाइन, पशुपति मन्दिर ,शङ्खधरचोक भृकुटी चोक, भानुभक्त चोक ,फाल्गुनन्द चोक हुदै राधाकृष्ण मन्दिरमा पुनः आएर समापन हुने कार्यक्रम रहेको सचिव प्रेम भट्टराईले जानकारी दिए ।

दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख अतिथ्यतामा तथा उपमेयर रेगिना प्रसाईं भट्टराई , दमक ८ वडाध्यक्ष दिपेश दाहाल ,दमक ९ का वडाध्यक्ष कुबेर भट्टराई लगायतका जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। रथयात्राको संरक्षकका रुपमा नगरपालिका रहेका छ ।

छलफलमा सहभागिहरुले रथयात्रा दमककै सांस्कृतिक उत्सव रहेकाले यसलाई बिगतको बर्ष झै साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सहभागीहरुले रथयात्रालाई व्यवस्थित बनाएर सफल बनाउन लाग्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.