नगरप्रमुख तुम्वापोद्वारा शहिद रत्नकुमार बान्तवा –कृषि कालोपत्रे सडकको उदघाटन

पथरीशनिश्चरे, १ साउन । मोरङको पथरी शनिश्चरे -२ शहिद रत्नकुमार – कृषि सडक खण्डको उदघाटन गरिएको छ ।नवनिर्मित सडकको विहिबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले रिबन काटेर उदघाटन गरे ।

सडकको उद्घाटनका क्रममा उनले तीन वर्षदेखि निरन्तर सो शहिद रत्न कुमार –कृषि सडक खण्डकालोपत्र गर्न संघीय सरकार र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा निर्माण भएको बताए ।
उक्त सडक मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक – कालापानी सम्मको साढे ३ किलोमिटर सडकमा कालेपत्रे गरिएको उनले जानकारी दिए ।
उनले नगरका अन्य वडाहरूमा पनि बहुवर्षीय योजनाहरू पनि सञ्चालनमा रहेको चर्चा गर्दै बनाईएका सबै सडकहरूको दिगो संरक्षणको लागि नागरिकको पनि महत्वपूर्ण सहयोग र भूमिका रहने उल्लेख गरे ।

आर्थिक वर्ष २०८१-०८२ मा मात्रै वडा नं २ को सहिद रत्न मार्गको सुन्दर बस्तीदेखि बोक्रे चोक – कालापानी सम्म जोड्ने १७सय ४० मिटर लामो र ५.५ चौडाको सो सडकमा कालोपत्रे गरिएको छ।
उक्त कार्यका लागि विराटनगरको जोशिला रनकालिमाता जेभी निमार्ण कम्पनीले कुल १ करोड ८२ लाख ५३ हजार १५० रुपैयाँ (भ्याटसहित)को सम्झौतामा कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको नगरपालिकाका प्रमुख इन्जिनियर हसरत अली नेपालले जानकारी दिए ।
सोहि समयमा वडा नं २ का वडा अध्यक्ष नैना राईले गत आर्थिक वर्षमा वडा भित्रका विभिन्न विकास आयोजना तथा कार्यक्रमहरुबारे जानकारी दिए ।
३१ वर्षपछि सो सडकमा पिच भएकाले कृषिजन्य उत्पादनहरू नजिकैको हाट बजारसम्म बेचबिखन गर्न सहज भएको स्थानीय अगुवा देवीप्रसाद ढकालले बताए । उनले पथरी बजार र उर्लाबारी नगरपालिकाका विभिन्न कृषि, पशु तथा व्यापारिक बजार आवतजावत गर्न प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्की,, नगरपालिकाको पूर्वाधार प्रमुख ईन्जिनियर हसरत अली नेपाल तथा सहायक इन्जिनियर सन्तोष केसी , वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई र सीता भुसाल, पूर्व वडाध्यक्ष याम गुरागाईं , चौतारी सामुदायिक वनका पदाधिकारी, स्थानीय , समाजसेवी तथा सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.