झापा,२५ असार । झापाको बाह्रदशी गाउँपालिका -१ खयरबारीस्थित भित्री सडकखण्डमा एकापसमा ठक्कर खादाँ दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा स्कुटर चालक कचनकवल -३ डाकुपाराका ६० बर्षिय श्रीप्रसाद राजबंशी र पहिचान खुल्न नसकेका मोटरसाईकल चालक रहेका छन् । सोही स्कुटरमा सवार उनकी बुहारी वर्ष २७ की उर्मिला राजबशी घाईते र नाति वर्ष ३ का आयुष राजबशी गंभीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
बुधबार दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेको हो ।
स्कुटर चालक राजवंशी र नाम थर वतन नखुलेका मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो ४.४० बजे दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको शव सोही अस्पतालमा रहेको छ ।