झापा, १९ असार । जंगली हात्तीको आक्रमणबाट बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड -७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बू रहेका छन् ।्
विहान ३ वजेतिर लिम्बू शौचालय जाने क्रममा हात्तीसँग जम्काभेट भई आक्रमण गरेको स्थानीयवासीहरुले बताएका छन् । अचानक एउटा जंगली हात्तीले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको र सो हात्ती दक्षिण दिशातर्फ भागेको प्रहरीले जनाएको छ ।
यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।योसंगै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ ।