‎कुटपिटबाट घाइते दुवैको मृत्यु, ६ जना पक्राउ

दमक, १९ असार । झापाको शिबसताक्षीमा साथीसाथीहरुबीच कुटाकुट हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एकसाता अघि असार ११ गते कुटाकुट भएको थियो। साथीको कुटपिटले दुवै घाइते भएका थिए । उपचारको क्रममा शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा शिवशताक्षी -११ बस्ने इन्द्र मगरका छोरा बर्ष १५ का सोइमन मगर , सोही ठाउँ बस्ने डम्बर राईका छोरा बर्ष १४ का आयुस राई , वडा नं ९ बस्ने रामप्रसाद लिम्बूका छोरा बर्ष–१४ का सलिम लिम्बू , सोही ठाउँ बस्ने प्रकाश लिवाङका छोरा बर्ष– १४ का आदित्य लिवाङ , प्रकाश लिम्बूका छोरा बर्ष– १३ का नामकेत लिम्बू र बालकृष्ण सिलवालका छोरा बर्ष– १५ का अङ्कुश सिलवाल रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.