दमक,१८ असार । प्रतिबन्धित औषधीसहित दमकमा एक युवक पक्राउ परेका छन् । बुधबार दिउँसो १२ः३० बजे दमक – ९ क्याम्पस मोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले देउराली टोल बस्ने १९ वर्षीय सागर कुमाललाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।
उनले पछाडी बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले बोकी हिडेको डिसे –२० लेखेको ९ पत्ता ( ९० पिस ), ट्रामाडोल ९ पत्ता ( ९० क्याप्सुल ) फेला परेको थियो । प्रतिबन्धित औषधीसहित कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।