लाइफलाइनमा युरोलोजी र ग्याष्ट्रो सम्बन्धी विशेषज्ञ सेवा विस्तार

दमक ,८ जेठ । लाइफलाइन अस्पतालले युरोलोजी र ग्याष्ट्रो सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको छ ।साताको शुक्रवार र शनिवार गरि दुई दिन त्यस सम्बन्धी विशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य जाँच ,परामर्श प्रदान गरिने अस्पतालले जनाएको छ । अस्पतालको नयाँ व्यवस्थापन समितिले अस्पतालमा पत्रकार भेटघाट कार्यक्रम गरि ती दुवै स्वास्थ्य सेवा सञ्चालनमा ल्याईएको अस्पतालका अध्यक्ष बालचन्द्र सुव्वाले बताए ।

उनका अनुसार युरोलोजी सम्बन्धी वरिष्ठ डा.रामकिशोर साह र ग्याष्ट्रो सम्बन्धी बरिष्ठ डा. खुस्वु प्रियाले स्वास्थ्य जाँचमा प्राविधिक सहयोग पुरयाँउने छन् । दुवै डा. विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक हुन् । अस्पतालमा यस किसिमको सेवा सञ्चालनमा आएपछि विरामीहरु लाभान्दित हुने अध्यक्ष सुब्बाको भनाई छ । अस्पतालमा अहिले साताको दुई दिन ती सेवाहरु उपलव्ध गराउने भनिएपनि छिट्टै पूर्णकालीन सेवा उपलव्ध गराउन आफूहरुले पहल गरिरहेको उनले बताए ।

लाइफलाइन अस्पतालमा यसअघि समेत दुवै चिकित्सकले सेवा पुरयाँएका थिए । पछिल्ला समय लाइफलाइन अस्पतालमा स्वास्थ्य बिमा नहुदाँ सेवाग्राही विरामीहरुको संख्या घट्दो छ । अस्पताल सञ्चालनमा आन्तरिक व्यवस्थापकीय पाटोहरु झेलिदै गएकाले पनि अस्पतालको सेवा खस्किएको स्वम सञ्चालकहरुको भनाई छ ।
निजी क्षेत्रको दमककै पूराना यस अस्पताललाई पूरानै लयमा फर्काउन अस्पतालको सेवा विस्तारमा आफूहरु लागेको प्रमुख प्रशासकीय अधिकृत सिम्रिक गिरी बताउँछन् ।लाइफलाइनले विशेषज्ञ स्वास्थ्य जाँचसहित सिटीभिटीको सम्बन्धनमा नर्सिङसहित स्वास्थ्य सामान्य चिकित्सा लगायतका प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्दे आएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.