हिलिहाङका ९ जनामा कालाजार पुष्टि

पाँचथर ,३० बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिकामा वैशाखमा ५ जना नागरिकमा कालाजार पुष्टि भएको छ । वडा नम्बर ४ मा १ तथा ५ र ७ मा २–२ जना गरी ५ जनामा कालाजार पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अघिल्लो वर्ष यहाँका ४ जनामा कालाजार पुष्टि भएको हिलिहाङका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिए । स्वास्थ्यकर्मीहरुका अनुसार कालाजार ’स्यान्ड फ्लाई’ नामक भुसुनाले टोक्दा लाग्ने गर्छ । केही समयअघिसम्म तराईका जिल्लामा मात्रै सीमित यो समस्या पछिल्लो समय पहाडी र हिमाली जिल्लासम्म फैलँदो छ ।

गर्मी ठाउँ रुचाउने स्यान्ड फ्लाई नामक भुसुना गोबरले लिपेका घर, झुपडीका भित्ता र मुसाले खनेको माटोमा बस्ने गर्छन् । यस्ता भुसुनाले टोक्दा लाग्ने कालाजार संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा समेत सर्ने गर्छ ।कालाजार हुँदा दुई साताभन्दा धेरै समय ज्वरो आउने, शरीरको मासु फुस्रो र रगत अभाव हुने लगायतका लक्षण देखिन्छन् ।

Leave a Reply

Your email address will not be published.