बरालले दिए टोल बिकास संस्थालाई कुर्सी

दमक,३ बैशाख । स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका उपाध्यक्ष गौरी बरालले दमक- ७ मा रहेको राधामाधव टोलविकास संस्थालाई २० थान प्लास्टिकका कुर्सी प्रदान गरेका छन् ।
पूर्व भारतीय सेना समेत रहेका बरालले आफनै टोल विकास संस्थालाई ती प्लास्टिकका कुर्सी सामाग्री प्रदान गरे । बराल हलुका सवारी यातायातको क्षेत्रमा संलग्न छन् ।
दमक -७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल प्रमुख आतिथ्यता तथा टोल बासीहरुको उपस्थितिमा संक्षिप्त कार्यक्रमका बीच दाता बरालले ती सहयोगी सामाग्री हस्तान्तरण गरेका हुन् । दाता बरालले उपलव्ध गाएका ती सहयोगी सामाग्री टोल विकास संस्थाको कार्य सञ्चालनमा उपयोगी हुने वडाअध्यक्ष पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.