कमल ,३ बैशाख । कमल गाउँपालिकाले तीन जना महिला स्वास्थ्य स्वयंसेविकालाई तौल मापन गर्ने डिजिटल सामाग्री प्रदान गरेको छ ।गाउँपालिका कार्यालयमा आज एक कार्यक्रम गरि ती सहयोगी सामग्रीसहित बोक्ने झोला वितरण गरिएको हो ।
पालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईले ती सामाग्रीहरु वितरण गरेका हुन् । महिला स्वास्थ्य स्वयम् सेविकाको पेशागत क्षेत्रमा सहयोग पुरयाँउन ती सहयोगी सामाग्री उपयोगी हुने अध्यक्ष राईले उल्लेख गरे ।
अस्पतालका कार्यालय प्रमुख दिपककुमार दाहालका अनुसार महिला स्वमसेविकाहरु चन्द्रकला ढकाल, इन्दिरा खड्का र उषा दाहाललाई१,१ थान डिजिटल तौल मापन मेसिन र सामग्री बोक्ने झोला हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल ,स्वास्थ्य शाखा प्रमुख विनु थापा ,कमल नगर अस्पतालका मेसु डा. फूलकचन्द्र लावती, कार्यालय प्रमुख दिपक दाहाल लगायतको उपस्थिति रहेको थियो ।