दमक,९ चैत । झापाको कमल गाउँपालिका वडा नं २ को वडा कार्यालयले महिलाहरुलाई सीपमुलक तालीम सञ्चालन गरेको छ ।कार्यालयले चालू आर्थिक बर्ष २०८१÷ ०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यस बर्ष ५० जना महिलालाई सौन्दर्यकला सम्बन्धिको तालीम प्रदान गरेको हो ।
वडा सचिव सागर दाहालका अनुसार १८ दिन सम्म सञ्चालन गरिएको सौन्दर्यकला सम्बन्धि आधारभूत तालीमको सञ्चालन समावेशी महिला सशक्तिकरण केन्द्रले गरेको थियो । तालिममा कल्पना राईले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
तालिमको शुक्रबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रममा वडाध्यक्ष अशोक सुब्बासहित जनप्रतिनिधि र कर्मचारीहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । प्रमाणपत्र हस्तान्तरण गर्दे अध्यक्ष सुब्बाले तालीममा सिकेका सीप र कलालाई जीवनपयोगी बनाउन लाग्नुपर्ने जोड दिए ।