दमक,५चैत । दमक बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ५२.८ प्रतिशत मत खसेको छ ।विहान ८ वजेदेखि शुरु भई ४ वजेसम्म चलेको मतदानमा १हजार ९सय ६५ मत खसेको छ । यो कुल मतदाताको ५२.८ प्रतिशत मत हो ।
मतदान सकिए लगत्तै निर्वाचन समितिले विधार्थी संगठनका प्रमुख,प्रतिनिधि र उम्मेद्धवारका प्रतिनिधिसंग बसेर आज साँझ ८ वजे देखि मतगणना शुरु गरिने तयारी भईरहेको निर्वाचन समितिका संयोजक टंकप्रसाद भटटराईले जानकारी दिए । मतगणना विहानसम्म सार्वजनिक गरिसक्ने निर्वाचन संयोजक भटटराईले बताए ।
जिल्लाकै ठुलो यस क्याम्पसमा कुल मतदाता ३हजार ७सय ३ रहेको थियो । स्ववियू अध्यक्षमा नेविसंघबाट सायन राई, अनेरास्ववियूबाट निसम अधिकारी, स्वतन्त्रबाट भुपेन्द्र बस्नेत (भुवन ), रस्मी उप्रेती, पर्वत बस्नेत, दिपक लिम्बू, प्रविना भटटराई रपेमा डोल्मा तामांग चुनावी मैदानमा छन् ।