दमक, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक वडा नं ७ को अध्यक्षमा पुनः बिक्रम खाम्देन चुनिएका छन् । शनिवार सम्पन्न्न पार्टीको ११औं वडा अधिवेशनले युवा व्यवसायी खाम्देनको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति चयन गरेको हो । उनको यो दोश्रो कार्यकाल हो ।
पार्टी कोशी प्रदेश समितिका अध्यक्ष समेत रहेका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित अधिबेशन उद्घाटनमा पार्टी स्थापनाकालदेखि हालसम्म योगदान पुर्याएका ५० भन्दा बढी ज्येष्ठ अभिभावकहरूलाई खादा, माला, अबिरसहित सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्ने ६० जनालाई प्रमुख अतिथि थापा, पार्टीका क्षेत्रीय अध्यक्ष तथा दमक ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल लगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा राप्रपा झापा अध्यक्ष केशव ओझा, दमक नगर अध्यक्ष हेम सुवेदी लगायतका नेताहरुको उपस्थिति थियो। अधिबेशन उद्घाटनमा वक्ताहरुले राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्न सवै नेता,कार्यकर्ताहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने जोड दिएका थिए ।