इलाम,१७ फागुन । कन्सर्ट हेर्न घरबाट हिडेका इलामका एक युवक मृत फेला परेका छन् । इलामको करफोकमा शुक्रवार साँझ आयोजित कन्सर्ट हेर्न गएका इलाम नगरपालिका १० जौबारी बस्ने २३ वर्षीय अभिषेक भण्डारी मृत भेटिएका हुन् ।
घरनजिकैको मेची राजमार्गमा सडक किनारमा आज विहान २.३० वजे तिर अचेत अवस्थामा देखपछि स्थानीयले उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइपुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको इलाम प्रहरीले जनाएको छ ।