दमक,१६ फागुन । नेकपा एमालेको जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न महासंघको दोस्रो नगर अधिवेशनले हिमाल दंगालको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । तीन बर्षे कार्यकाल रहने कमिटीको उपाध्यक्षद्धयमा अनिता थापा , खगेन्द्र दाहाल,सचिवमा रोशन सापकोटा,उपसचिवमा अशोक तिवारी तथा कोषाध्यक्षमा इन्द्र कुमारी दाहाललाई निर्विरोध चयन भएका छन् ।
कमिटीको सदस्यहरुमा चुडामणी निरौला(चेतन),उमा भण्डारी,शान्ता न्यौपाने,खेमराज पौडेल,जुनु ढकाल,अम्विका खुलाल,इन्द्रकुमारी दाहाल,भीममाया भण्डारी,चन्द्रकला ढकाल र जिबस शाह सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा एमाले जिल्ला सदस्य तथा स्वास्थ्थकर्मी महासंघ इन्चार्ज सुजन खरेल,स्वास्थकर्मी महासंघका केन्द्रीय सदस्य तथा पाँचथर ताप्लेजुङ्ग इन्चार्ज नगेन्द्र भट्टराई, महासंघका झापा अध्यक्ष भरत खतिवडा र एमाले दमक नगर अध्यक्ष राम पौडेल लगायतले स्वास्थ्यकर्मी कर्मचारीहरुले पेशागत सुरक्षा र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर काम गर्नु पर्नेमा जोड दिएका थिए ।