झापा, १५ फागुन । झापा बिर्तामोडको बसपार्क पूर्वपट्टि फेला परेको शवको पहिचान खुलेको छ ।मृतकसंग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनी पाँचथर रानीटार -२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ हुन् ।
आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा -११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको हो । करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।