पालाम निर्माता केरुङ सम्मानित

दमक,१३ फागुन । लिम्बू भाषाकी गीतकार तथा पालाम निर्माता शान्ता केरुङ सम्मानित भएकी छन् ।याक्थुङ चलचित्रकर्मी संघ र फक्ताङ्लुङ सयङ सांस्कृतिक मञ्च झापाले सोमबार केर्खामा एक कार्यक्रम गरि उनलाई एकैसाथ सम्मान गरेको हो ।
दमक घर भई हङकङमा बस्दै आएकी केरुङले लिम्बू भाषा,संस्कृति तथा कलाको क्षेत्रमा पुरयाँउदै आएको योगदान प्रति दुवै संस्थाले सम्मान पत्रद्धारा सम्मान प्रदान गरिएको याक्थुङ चलचित्रकर्मी संघ झापाका अध्यक्ष चन्द्र फुरुम्बोले बताए । सोहि अवसरमा कर्मक्षेत्रमा फिर्न लागेकी केरुङलाई विदाई समेत गरिएको थियो ।
उनले दर्जनौ पालाम गीत लेखन तथा विभिन्न म्यूजिक भिडियो निर्माण गरिसकेकी छन् ।
केर्खास्थित हिलिहाङ होटलमा भएको सम्मान कार्यक्रममा भाषिक क्षेत्रका कलाकर्मीहरुले आफनो भाषा,संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि सवै क्षेत्र जुट्नु पर्ने औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published.