बालबालिकाको उपचार सहयोग सम्बन्धी दमक नगरपालिका र किओचबीच संझौता

दमक ,१० फागुन । गरिव तथा विपन्न बालबालिकाहरुको स्वास्थ्य उपचारमा सघाउँ पुरयाँउन दमक नगरपालिका र किओच दमक बाल अस्पतालबीच दुई पक्षीय सम्झौता भएको छ ।
दमक नगरपालिकामा रहेका गरिब तथा विपन्न बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न शुक्रवार त्यस सम्बन्धी दुईपक्षीय संझौता भएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।
उनका अनुसार त्यस कार्यक्रम सञ्चालनका लागि अस्पताललाई नगरपालिकाले दुई किस्तामा रु २५ लाख उपलव्ध गराउने संझौता पत्रमा उल्लेख छ । दमक- ७ स्थित रेडक्रस कप्लेक्समा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाईमा किओच दमक बाल अस्पताल सञ्चालनमा छ ।
त्यस कार्यक्रमबाट दमकका गरिव तथा विपन्न परिवारका बालबालिकाहरुले निशुल्क स्वास्थ्य उपचार पाउने नगरपालिकाले जनाएको छ । संझौता २०८१ साउनदेखि शुरु भई २०८२ असार मसान्तसम्म लागू हुने छ ।
संझौता पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहता र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. जयमणी श्रेष्ठ,सहायक प्रमुख प्रशासकीय अधिकृत सुनिल धिमालले हस्ताक्षार गरेका छन् ।

Leave a Reply

Your email address will not be published.