दमक,९ फागुन । झापाको दमक नगरपालिकाले आज नगरबासीहरुको सहभागितामा सार्वजनिक सुनुवाई गरेको छ ।नगरपालिकाले उपलव्ध गराउदै सेवाका विषयमा नगरवासीको जिज्ञासा र गुनासालाई सम्वोधन गर्ने उद्धेश्यले आयोजित सार्वजनिक सुनुवाई गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष०८१-०८२मा हाल सम्म गरेका काम कारवाही सेवा प्रवाह लगायतका विषयमा नगरवासीहरुलाई भेला गरी सार्वजनिक सुनुवाई गरेको हो । दमक नगरपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्ज प्रा.लि.दमकको संयोजन-सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सडकको खाल्डा खुल्डी,सडक मानवको ब्यवस्थापन,सडक वत्तीको समस्या,तीन पाङ्गग्रो सवारी साधानको समस्या, फोहोर मैला, सडक पेटीको अवरोध लगायतका जनसरोकारका विषयहरु उठाएको नगरपालिकाका सामाजिक विकाश शाखा प्रमुख केशव प्रसाईले जानकारी दिए ।
सहभागीहरुले उठाएको जिज्ञासाको जवाफ नगर प्रमुख रामकुमार थापा,उपप्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले दिएका थिए ।
कार्यक्रममा भौतिक पूर्वाधार, शिक्षा,युवा, घर नक्सा, सहकारी ,कृषि र सामाजिक विकास शाखा लगायतका सबैको हालसम्मका गतिविधि सहितको प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा दमक ७ का श्याम कार्की, दमक ५ की विन्दु सिटौला, दमक ८ का भीमप्रसाद संगौला, दमक ५ का पुष्पलाल सापकोटा,दमक २ का श्रीप्रसाद शिवाकोटी,दमक ८ का नेत्रप्रसाद रिजाल, दमक ८कै हेमराज सुवेदी , दमक ५की गीता रिजाल, दमक २ की प्रतिमा दाहाल र दमक ५ का जयनारायण ढुङ्गना र दमक ८ का ओम बानियाँ र दमक ५ का शेरबहादुर भट्टराई लगायतले नगरका सेवाको विभिन्न सरोकारका विषयमा जिज्ञासा राखेका थिए ।