कमलका इट्टा उद्योगमा पालिकाको अनुगमन, अझै रोकिएन बालश्रमिक

दमक ,७ फागुन । झापाको कमल गाउँपालिकाका विभिन्न इट्टा उद्योगमा बाल मजदुरहरुको प्रयोग हुदैआएको पाईएको छ ।कमल -१ मा सञ्चालित सिद्धकाली बिक्र्सले एवन र केर्खा बिक्र्सले झापाली ब्राण्डको इट्टा उद्योगमा भारतीय बालमजदुरहरुले काम गरिआएको पाईएको हो ।
मंगलवार गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा महिला तथा बालबालिका शाखा, योजना शाखाको अनुगमन टोलीले अनुगमनमा क्रममा त्यहाँका इट्टा उद्योगमा कानुन विपरीत बालमजदुरहरुले काम गरिआएको पाईएको अनुगमनमा संलग्न टोलीका एक सदस्यले बताएका छन् ।
०६८ सालदेखि सञ्चालनमा आएको एवन इट्टाका सञ्चालक विष्णु कार्की हुन् भने झापाली इट्टा दमकका व्यवसायी भगवान बस्नेतले सञ्चालन गरिआएका हुन् ।
वर्षदिन अघि मात्र कमल गाउँपालिकालाई बालश्रम मुक्त कोशीकै पहिलो पालिका घोषणा गरेको थियो । बालश्रम मुक्त घोषणालाई चुनौती दिने गरि ती इट्टा उद्योगमा बालमजुरहरुले काम गरिआएको भन्ने सूचनाका आधारमा इट्टा उद्योगमा गाउँपालिकाले अनुगमन गरेको हो ।
पालिका अध्यक्ष राईले ती दुवै इट्टा उद्योगमा अनुगमनका क्रममा सात जना बालमजदुरहरुले काम गरिआएको पाईएको बताए । यो संख्या अझै धेरै भएको अनुमान पालिकाकोछ । इटा उद्योगमा बालमजदुरहरुले काम गरिआएको भेटिएको भएपछि ती श्रमिकको थप पहिचान खुल्ने कागजातबाट बालबालिकाहरु पुष्टि भएको उनले बताए । ती सवै बालमजदुरहरु भारतीय छन् । उद्योगमा अधिकांस श्रमिक भारतीयनै छन् ।
उनले भने, –‘हामीले उद्योगलाई बालमजदुर नराख्न सचेत गराउने निर्देशन दिएका छौ, अव उप्रान्त त्यस्तो पाईए नियमानुसार कारवाही गर्न बाँध्य हुने छौं ’
उद्योग परिषर भित्र र बहिर बालश्रम मुक्त व्यवसाय भनेर लेखिएका सूचनामूलक बोर्ड टांगिएका छन् । तर ,त्यही सूचनालाई लत्याउदै इटा उद्योग सञ्चालकहरुले बालश्रम शोषण गरिआएको पाईएपछि बालश्रम मुक्त घोषणा कार्यान्वयन गर्न अभियान चाल्नु परेको अध्यक्ष राईले बताए ।

केर्खा बिक्र्सका सञ्चालक भगवान बस्नेतले हामीले बाल मजदुर प्रयोग गर्ने भनेर त गरिएको हुँदैन तर तिनीहरूको परिवारसँगै बच्चाहरू आइदिने गर्दा समस्या हुदैआएको बताए । परिवारका सवै सदस्यहरु त्यही बच्चाहरु लिएर उद्योगमा आउने गर्दा बालबालिकाहरु देखिएपनि श्रममा भने संलग्न नभएको उनको दावी छ । उनले त्यस्तो बालश्रम हटाउन उद्योग सञ्चालक प्रतिवद्ध भएको बताए ।
कमलमा तीन वटा इट्टा उद्योग सञ्चालनमा छन् । तर, इटा उद्योग सञ्चालकहरुले भने भारतीय मजदुरमै निर्भर रहनु पर्ने समस्याका कारण उद्योगमा यस किसिमको समस्या देखिएको बताएका छन् । सिद्धकाली बिक्र्स उद्योगका सञ्चालक विष्णु कार्की आफनो मात्र उद्योगमा नभई अधिकांस इट्टा उद्योगमा भारतीय मजदुरहरुले काम गरिआएपनि बालश्रममा संलग्न नगराएको बताउँछन् ।
नेपाली श्रमिकहरुले काम गर्देनन् , बाँध्य भएर भारतीय मजदुर राख्नु परेको उनको भनाई छ । वजारमा मंसीरदेखि बैशाखसम्म इट्टाको माग हुने गर्छ । यो समयमा उद्योगले भारतीय मजदुरलाई ठेक्कामार्फत इट्टा तयार गर्नेसम्मको जिम्मा दिने गरिएको र त्यसमा सिंगो परिवारनै काममा खटिने हुदाँ त्यस्ता समस्या देखिएको उनले बताए । उनले भने –‘हामीले बालश्रम जोखिम हुने गरि उद्योगमा कामदार राखेका छैनौं ।’

 

Leave a Reply

Your email address will not be published.