दमक, २८ माघ । नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता –२०८१ गर्ने भएको छ ।
आगामी फागुन ७ गतेदेखि १० गते सम्म पार्टी सदस्यहरु बीच फुटवल प्रतियोगिता गर्ने भएको हो । पार्टीमा युवाहरुलाई आर्कषण गर्न युवा लक्षित यस प्रतियोगिता आयोजना गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष हरि ढकालले बताए ।
एमाले कमल गाउँ कमिटीले आज पत्रकार सम्मेलन गरेर फुटवल कपकोे तयारीका विषयमा जानकारी दिएको हो । एमालेले सञ्चालन गरेको ३ महिने वार्ड केन्द्रीत जरा अभियानका अवसरमा पार्टी सदस्यहरुवीच यस किसिमको प्रतियोगिता गर्न लागिएको र यो देशकै पहिलो भएको अध्यक्ष ढकालको दावी छ ।
प्रतियोगिता कमल ३ स्थित केर्खा खेल मैदानमा हुने छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने भएको अध्यक्ष ढकालले बताए ।
प्रतियोगिताको विजेता टिमलाई नगद २५हजार र उपविजेता टिमलाई नगद १५हजार सहित ट्रफी प्रमाण पत्र वितरण गरिने पार्टी सचिव बिरेन्द्र अधिकारीले बताए । यसैगरि, प्रत्येक खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीलाई नगद ३ हजार र प्रतियोगितामा वेष्ट स्टाइगर,वेष्ट मिडफिल्डर,वेष्ट गोलकिपर, वेष्ट डिफेन्स र म्यान अफ दि सिरिजबाट पुरस्कृत हुने खेलाडहरुलाई जनही रु २ हजार, ट्रफि तथा प्रमाणपत्र पाउने अध्यक्ष ढकालले जानकारी दिए ।
सोहि अवसरमा पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय सदस्य तथा क्षेत्र न. ५ का इन्चार्ज दिपक कार्कीले फुटवल कपकोे लोगो सार्वजनिक गरेका थिए ।
उनले पार्टीले माघ,फागुन र चैत्रसम्म सञ्चालन गर्ने तीन महिने जरा अभियान अन्र्तगत प्रत्येक वडावासीको घरदैलोमा पुगेर जनताको गुनासो सुन्ने उल्लेख गरे । प्रतियोगितामा कमलका ७ वटै वडा कमिटीले भाग लिने छन् । कमलमा एमाले पार्टी सदस्यको संख्या करिव १२ सय रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल कमल २ र ६ वीच दिनको २ वजे र ३ वजे कमल ४ र ७ वडाबीच प्रतिष्पर्धा हुने छ ।यसैगरि, माघ ८ गते कमल १ र ३ तथा दिउँसो ३ वजेनै कमल ७ र ५ वडावीच प्रतिष्पर्धा हुने जनाईएको छ । (ए ) पोलबाट कमल २,६,१ र ३ वडा र वी पोलबाट कमल ४,७ र ५ वडाको टिम रहने छन् । दुवै पोलबाट फाइनलमा पुग्ने टिमबीच १० गते दिउँसो २ वजे उपाधिका लगि खेल हुने प्रतियोगिताका संयोजक तेजप्रकाश राईले बताए ।
प्रतियोगिता सम्पन्न गर्न आवश्यक विभिन्न आवश्यक तयारी उपसमितिहरु गठन गरिएको पनि बताइएको छ । पत्रकार सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य मेनुका काफ्ले, पार्टी कमल इन्चार्ज बेणु शिवाकोटी,कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, पार्टी जिल्ला तथा गाउँकमिटीका पदाधिकारी ,सदस्यहरुको उपस्थिति रहेको थियो ।