स्कुटी र मोटरसाईकल ठोक्किदा एकको मृत्यु , दुई घाईते

विराटनगर २६ माघ। मोटरसाईकल र स्कुटर एकापसमा ठोक्किदा विराटनगरमा शनिबार दिउँसो स्कुटी चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटी चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशी रहेकी प्रहरीले जनाएको छ ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१० सोमबारे चोकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले बताए । दुर्घटनास्थल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणमा पर्छ ।
घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ । दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त भएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक लम्सालले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.