दमक ,२५ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कमल गाउँसमितिको अध्यक्षमा दोलख रायमाझी चुनिएका छन् । शुक्रवार क्याम्पास्थित कांग्रेस पार्टी कार्यालयमा सपन्न महासंघको पाँचौ गाउँ अधिबेशनले रायमाझीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा देउमान भट्टराई, सचिवमा छवि बराल,सहसचिवद्धयमा चन्द्रबहादुर कार्की , कमल राई चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा रामचन्द्र अधिकारी,डिल्ली पोख्रेल ,रमा चौधरी,ताराविर डाँगी,पुष्प बाँस्कोटा,कुमारी थुलुङ,सन्तोष लावती,दिपोहाङ फियाक,काजीमान आचार्य,रामचनद्र साह र धनपद ताजपुरिया लगायत चुनिएका छन् ।
किसान महासंघका अगुवा विरभद्र पोख्रेलको अध्यक्षता तथा कांग्रेस कोशीका सदस्य समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको महासंघको अधिबेशन उद्घाटनमा कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारी र प्रदेश प्रतिनिधि तथा जिल्ला तरुण का.ब. अध्यक्ष राजकुमार न्यौपाने ,नेपाल महिला संघकी गाउँ सभापति बिष्णुमाया बेघा लगायतका नेताहरु, किसानहरुको उपस्थिति रहेको थियो ।