एसईई परीक्षाको नतिजा उकास्न अभिभावकहरुसंग अन्तरकृया

दमक,२४माघ । झापाको कमल गाउँपालिका -५ स्थित मंगलमय माध्यमिक विद्यालयले नजिकिएको एसईई परीक्षामा शैक्षिक नतिजा उकास्न अभिभावकहरुसंग अन्तरकृयात्मक छलफल गरेको छ ।
विहिबार विद्यालयमा आयोजित विद्यार्थीसहित अभिभावकहरुको सहभागितामा अन्तरकृयात्मक छलफल गरिएको हो । विद्यालयले आगामी ७ चैतदेखि शुरु हुने एसईइ परीक्षामा सहभागि विद्यार्थीहरुको नतिजा वृद्धि गर्न विद्यार्थीहरु ,उनका अभिभावकहरु ,शिक्षक तथा विद्यालय व्यवस्थापन समितिबीच छलफल गरिएको प्रअ मोहन बगालेले बताए । बगालेले शिक्षकहरुको एक्लो प्रयासले मात्र अपेक्षाकृत नतिजा आउन कठिनाई हुने भएकाले छोराछोरीको पढाईमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
विद्यालयको समग्र शैक्षिक नतिजा पालिका भित्र अव्वल भएको चर्चा गर्दे प्रअ बगालेले अव नजिकिएको एसईई परीक्षामा नजितालाई उल्लेखीय सुधार गर्न विद्यार्थी,शिक्षक संगै अभिभावकहरुवीचको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।
एइईई परीक्षामा कमजोर विद्यार्थीका लागि विशेष कोचिङ कक्षा सञ्चालन गर्ने भएकाले सवै विद्यार्थीहरु अनिवार्य सहभागि बन्न तथा त्यसमा अभिभावकहरुले पढाईमा निगरानी गर्न पनि उनले अनुरोध गरे ।
छलफलमा विद्यालयका अध्यक्ष टिकाराज सापकोटाले सामुदायिक विद्यालयमा अझै पनि अभिभावकहरुको सहयोग हुन नसक्दा समग्र शैक्षिक अवस्थामा अपेक्षाकृत सुधार आउन नसकेको धारणा राखे । उनले विद्यालयमा अभिभावकहरुले आफना छोराछोरीको पढाई संगै घरमा पढ्ने वातावरणमा सहयोग पुरयाँउनु पर्ने बताए ।
प्रअ बगालेका अनुसार यसवर्षको एसईई परीक्षामा १४२ जना विद्यार्थीहरु नेपाली तथा अंग्रेजी माध्यममा सहभागि हुदै छन् । छलफलमा अभिभावकहरुले विद्यार्थीहरुको पढाईमा सुधार ल्याउन आफूहरुबाट सधै साथ रहने बताएका थिए ।
विद्यालयमा पुगिन आयोगकी सदस्य अधिकारी
राष्ट्रिय योजना आयोगकी सदस्य गीता अधिकारीले विहिबार विद्यालयको स्थलगत अवलोकन गरेकी छन् । उनले विद्यालयमा विशेष कक्षाका रुपमा सञ्चालन हुदैआएको सुस्तश्रवण विद्यार्थीहरुको आवासीय कक्ष,पढाई हुने कक्षा कोठा तथा कक्षा ५ मुनिका विद्यार्थीहरुको दिवा खाजाको समेत अवलोकन गरिन् ।
विद्यालयको कार्यालयमा भएको उक्त संक्षिप्त भेटघाट कार्यक्रममा शिक्षक तथा अभिभावकहरुले सामुदायिक विद्यालयको शैक्षिक अवस्था र सुधारका बारेमा आफना विचार राखेका थिए । त्यस अवसरमा प्रअ बगालेले विद्यालयको शैक्षिक तथा भौतिक संरचनाको अवस्थाका विषयमा संक्षिप्त जानकारी गराएका थिए ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विद्यालयको प्रतिनिधिमण्डलले हालैमात्र सरकारका विभिन्न निकायसम्म मागपत्र बुझाएको भन्दै अध्यक्ष सापकोटाले यसमा राष्ट्रिय योजना आयोगबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।आयोगकी सदस्य अधिकारीले विद्यालयको शैक्षिक विकासमा आफूले सहयोग पुरयाँउने बताईन् ।
यसअघि आयोगकी सदस्य अधिकारीले दमकका सरस्वती ,हिमावि,पाणिनी माध्यमिक विद्यालयमा पुगेर त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएकी थिईन् ।

अभिभावकहरुसंगको अन्तरकृयामा बोल्दै प्रअ बगाले

आयोगकी सदस्य अधिकारी सुस्तश्रवण विद्यार्थी तथा शिक्षकहरुसंग

Leave a Reply

Your email address will not be published.