मोटरसाइकल दुर्घटनामा बिर्तामोडका साहको मृत्यु

झापा, २४ माघ । झापाको दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ५ बस्ने २४ वर्षीय सुमित सोनी (साह ) रहेका छन् ।
गएराति १२ बजे कनकाई नगरपालिका -१ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे.१० प २६२४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं। ५ बस्ने अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ मृतक साह घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.