पथरी,२३ माघ । ‘पथरी शनिश्चरे नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ को शुरु भएको छ ।बुधबार वडा नं. १ को सुनाखरी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरे । प्रमुख तुम्वापोले भलिबल रेफ्रीलाई दिएर र छेलो हानेर खेलको उद्घाटन पनि गरे ।
तुम्वापोले मन्तव्यका क्रममा यस छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थीहरुका लागि अवसर भएकाले यसलाई सबै मिलेर सफल बनाउन लाग्नुपर्ने जोड दिए ।
नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा वडा अध्यक्षहरु क्रमश : भीम राई, नविन कार्की, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य विरध्वज शिवा, नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिप कुमार राई (किशोर), पञ्चायत माविका विद्यालय व्यस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटा, सुनाखरी माविका.अध्यक्ष प्रदिपकुमार राई तथा प्रधानाध्यापक भूमिका देवी मगर , नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सो प्रतियोगिता माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।