पथरीशनिश्चरे, १४ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन कार्डमार्फत राशन वितरण सुरु गरेको छ ।आज सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो ।
पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाए । उनले विपन्न परिवारलाई ३ जनाको परिवारलाई १० केजी चामल र सो ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल उपलब्ध गराउँदै जाने लक्ष्य राखिएको जनाएका छन् । वडातहले यसरी विपन्न छनौट गरि रासन कार्ड वितरण गर्ने वडा यो देशमै पहिलो भएको अध्यक्ष राईको दावी छ ।
उनका अनुसार चालु आर्थिक वर्ष एक लाख रुपैयाँ बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन र रासन कार्ड वितरण कार्यक्रम सुरूवात गरिएको हो ।