उदिप र दिवानले जिते दोश्रो कमल स्तरिय व्याडमिन्टन

कमल,६ माघ । जिल्लाको कमलगाउँपालिकामा सञ्चालित दोश्रो कमल स्तरिय व्याडमिन्टन प्रतियोगिताको उपाधि उदिप राई र दिवान राईको जोडीले जितेको छ ।
कमल गाउँपालिका -४ स्थित सिद्धार्थ अमलडाँगी कभर्ड हलमा शनिवार भएको एकदिवसीय व्याडमिन्टन प्रतियोगितामा द्धय राईको जोडीेले उपाधि संगै प्रथम पुरस्कार वापत नगद २० हजार ५ रुपैयासहित ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै रविन राई र अनिश राईको जोडी दोश्रो प्राप्त गर्न सफल भयो भने घनेन्द्र दाहाल र सुदिप राई तथा याम लिम्बू र यसु लिम्बूको टिमले सान्तवना स्वरुप तृतिय स्थान प्राप्त गरेको प्रतियोगिताका संयोजक तेजु आङदेम्बेले बताए । उनका अनुसार प्रतियोगितामा दोश्रो हुनेले नगद १५ हजार ५ रुपैयाका साथमा ट्रफि, मेडल र प्रमाण पत्र र तृतिय हुने टिमले नगद ४ हजार रुपैयाका साथमा ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कमलका विभिन्न १५ वटा व्याडमिन्टन जोडीले भाग लिएको सो प्रतियोगिताको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको व्याडमिन्टन प्रतियोगिताका विजेता खेलाडीहरुलाई अध्यक्ष राईसहित उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । खेलकुद समितिले व्याडमिन्टन खेलको प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ गतवर्षदेखि बार्षिक कार्यक्रमका रुपमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दे आएको आयोजक संस्थाका संयोजक सन्तकुमार मगरले बताए ।

Leave a Reply

Your email address will not be published.