दमक ,३ माघ। नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका कार्यसमिति सदस्य समेत रहेका निर्माण ब्यबसायी रबिन कार्कीलाई मातृशोक परेको छ।रेडक्रस भवनका जग्गा दाता समेत रहेका रेडक्रसका सल्लाहकार मुक्तिनाथ कार्कीकि ७२ बर्सिया कलावति कार्कीको बिहिवार आफ्नै निवासमा निधन भएको हो । कमल -६ निवासी स्व. कार्कीका रबिन कान्छा छोरा हुन ।
स्व.कार्कीको पार्थिव शरीरलाई बिहिवार नै कन्काइ नदिमा अन्त्येष्टि गरिएको छ ।जग्ग्गा दाता कार्की परिवारले रेडक्रसको भवन निर्माण गर्न २ कठठा जमीन निसुल्क दान दिएका थिए । यसैबीच उपशाखाले रेडक्रस दाता परिवार कृष्णमायाको निधन भएकोमा गहिरो समबेदना प्रकट गर्दै सोकासुल परिवारजनहरु शोक बक्तब्य निकालेर दुःख व्यक्त गरिएको उल्लेख छ ।