दमकमा राष्ट्रिय टोपी दिवसलाई निरन्तरता दिईदै

दमक ,८ पुस । अंग्रेजी सम्बतको पहिलो दिन मनाईदै आएको राष्ट्रिय टोपी दिवसलाई यसवर्ष पनि दमकमा निरन्तरता दिईने भएको छ ।सामाजिक क्षेत्रमा क्रियाशील संस्था जीवनचक्र समाजले विभिन्न संघसंस्थाहरुको सहभागितामा पुस १७ गते विशेष उत्सवका साथ राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको अध्यक्ष गणेशप्रसाद गौतमले बताए । टोपी दिवस भव्यरुपमा सम्पन्न गर्नका लागि संस्थाका उपाध्यक्ष बेनु प्रसाईलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरि काम थालिएको उनले बताए ।
उनका अनुसार राष्ट्रिय टोपी दिवसको महत्वलाई उजागर गर्दे आउदो पुस्तालाई समेत यसको महत्व बुझाउने अभियानका रुपमा यसपटक पनि कार्यक्रमलाई निरन्तरता दिने तयारी थालिएको हो ।
कार्यक्रम संयोजक प्रसाईले नेपालीहरुको पहिचानका रुपमा रहेको टोपी लगाउने संस्कृतिको संरक्षण गर्न तथा स्थानीय ढाका उत्पादनलाई बजारीकरण गर्न समेत यस दिवसले सहयोग पुरयाउँने बताए ।अघिल्ला वर्षझै यसवर्ष पनि दमक चौंकको डाँफेमुनाल पूर्वको स्थानमा टोली दिवस मनाउने तय गरिएको जनाईएको छ।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नाराका साथ २०७० पुस १७ गतेका दिन काभ्रेको बनेपाबाट नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउदैआएका छन् ।

 

Leave a Reply

Your email address will not be published.