दमक ,४ पुस । झापाको दमकमा मुख्य कार्यालय रहेको क्लब हिमालयन टाईगरले दमक १० स्थित सेतुमारी बजारमा फोहोर ब्यवस्थापनका लागि चार वटा डस्वीन सहयोग गरेको छ ।
क्लबका केन्द्रीय अध्यक्ष रेवतराज भण्डारीसहितका क्लवका पदाधिकारी तथा सदस्यहरु वजार क्षेत्रमा पुगेर सो सहयोग सामाग्री उपलव्ध गराएको हो । सेतुमारीका स्थानीयको अगुवाईमा वर्षदिन अघि साताको विहिबार सेतुमारी हाट बजार लाग्दैआएको छ । वजारमा स्थानीय कृषि उपजहरु,दैनिक उपभोग्य सामाग्रीहरु तथा पशुको समेत हाट लाग्दैआएको छ । ती सहयोगी सामाग्री वजार ब्यवस्थापन समितिका अध्यक्ष देवराज श्रेष्ठलाई प्रदान गरिएको हो ।
क्लवले शिक्षा,स्वास्थ्यलगायतका सामाजिक कार्यमा यसकिसिमका सहयोग गरिआएको र आगामी दिनमा पनि समुदाय केन्द्रीत यस्ता सेवामुलक कार्यलाई निरन्तरता दिईने लक्ष्य राखिएको अध्यक्ष भण्डारीले बताए । क्लवले बजारमा निकट भविष्यमा एक थान पानीको ट्याङ्की पनि सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
सो सामाग्री हस्तान्तरण कार्यक्रममा क्लबका केन्द्रीय उपाध्यक्ष तेजकुमार श्रेष्ठ ,केन्द्रीय महासचिव राजु खडका, क्लबका दमक अध्यक्ष मेघनाथ फुयाल ,उपाध्यक्ष तिर्थ राई ,सदस्य पदम राउत, प्रशान्त ढकाल, आजीवन सदस्य देबु गडतौला , नेपाली काङ्ग्रेस १० नम्बर वडा सभापति घनश्याम खनाल, बजार समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपाने, सचिव तुलसी देवान, स्थानीय अगुवा भनुभक्त न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।