दमक,१ पुस । नेपाली कांग्रेसले शुरु गरेको एक सय दिने जागरण अभियान अन्तर्गत झापाको कमलमा आईतवार गाउँ भेला सम्पन्न भएको छ ।कमल- २ क्याम्पास्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित भेलामा पार्टीका जिल्ला,प्रदेश,क्षेत्रीय समितिका नेता तथा गाउँ समितिका पदाधिकारी,सदस्य र अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कांग्रेस कमलका सभापति खगेन भण्डारीको अध्यक्षता तथा कांग्रेस कोशी प्रदेश सदस्य एवं कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको भेलामा वक्ताहरुले कांग्रेस पार्टीलाई सुढृण बनाउन नेता,कार्यकर्ताहरु एक ढिक्का हुनुपर्ने जोड दिएका थिए । उनीहरुले पार्टी भित्रको आन्तरिक किचलो हटाएर पार्टी निर्माणमा लागेमात्र पार्टी र देशनै बलियो हुने दावी गरे ।
प्रमुख अतिथि नेता राई, विशिष्ट अतिथि कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नेता राजनबहादुर ढुंगाना, जिल्ला सदस्य सरस्वती सेढाई, कांग्रेस प्रदेश (ख) का सभापति रवि केसी लगायतले पार्टीलाई सुढृण बनाउन कांग्रेसका हरेक नेता तथा कार्यकर्ताहरुको भूमिका आवश्यक भएको जोड दिए ।
सो भेलामा पार्टी गाउँ सभापति खगेन भण्डारीले सयदिने अभियानका क्रममा कमलका ७ वटै वडामा भेला गरि पार्टीका विबिध विषयमा छलफल गरिएको जानकारी दिए ।
यसैगरि, आइतवारनै कांग्रेस कमल ५ र ६ ले वडा सम्मेलन गरेको छ । मंगलवारेस्थित वडा पार्टी कार्यालयमा भएको सम्मेलनमा पार्टीका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप वान्तवा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,जिल्ला सदस्यहरु बिष्णु कार्की,विष्णु सुब्बा ,वडा गाउँ समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको कमल ५ का सचिव धिरज श्रेष्ठले बताए । सम्मेलनमा वडा सभापति चन्द्रसिंह राईले वडामा पार्टी गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
यसैगरि, कमल ६ ले पनि सोहि स्थानमा वडा सम्मेलन सम्पन्न गरि विभिन्न निर्णयहरु गरिएको कार्यवहाक सभापति नारायण भट्टराईले बताएका छन् ।