झापा,२६ मंसिर । झापाको मेचीनगर -१३ चारआलीस्थित पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिको अध्यक्षमा लोकराज ढकाल चयन भएका छन् ।
समितिको मंगलवार सम्पन्न चुनावी साधारणसभाको निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
१४ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेबे चयन भएका छन् ।
त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भुजेल तथा खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, सङ्गीत शिवाकोटी, रेवतकुमार दाहाल र बोलप्रसाद कोइराला चयन भएको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जानकारी दिए । ढकाल नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा अग्रज पत्रकार हुन् ।