गाडीको ठक्करबाट पैदलयात्री राईको मृत्यु

झापा, २३ मङ्सिर  । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा छोटा हात्ती गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।कनकाई नगरपालिका–८ लक्ष्मीपुर पूर्व बस स्टेण्डस्थित सडकखण्डमा शनिबार बिहान ८ः५५ बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको ना ४ च ४०८४ नम्बरको गाडिले बाटो काट्दै गर्दै गरेका कनकाई–८ का ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिँदा उनको मृत्युभएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते राईलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा राति ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी र गाडी चालक पर्सा वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय दिपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.