इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

इलाम,९ मंसिर । इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ ।इलामको सूर्योदय -९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।
गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए ।अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।
त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पु¥याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।

 

Leave a Reply

Your email address will not be published.