उद्यमशील मेलामा जिते जेम्सका विद्यार्थीले अवार्ड

दमक,९ मंसिर । दमकको झापा मोडल अंग्रेजी मावि (जेम्स) का विद्यार्थीले जनकपुरमा आयोजित राष्ट्रिय विद्यार्थी नवप्रवर्तन सम्मेलनमा उत्कृष्ट विक्रेता सम्मान ( टप सेलर अवार्ड) जितेको छ ।
आइतवार सम्पन्न सम्मेलनमा उनीहरुले तेस्रो पुरस्कार (ट्रेलब्लेजर अवार्ड) पनि सुरक्षित राख्न सफल भएका छन् । मोनेस्टिक स्कुल जनकपुरको आयोजना र नेपाली युवा उद्यमशील फोरम जनकपुर साथै कारखानाद्वारा सहआयोजनामा मंसिर ७ र ८ गते राष्ट्रिय उद्यमशील मेला आयोजना गरिएको थियो ।
विद्यार्थीहरूले काठबाट बनाइएका हस्तकलाका सामग्रीहरु, जुत्ता, गहना, अमला क्यान्डी, र ह्यान्ड–पेन्टेड बुकमार्कहरू बनाएर सो सम्मेलनमा भाग लिएका थिए । पाँच घण्टा चलेको विक्री समय (हाट बजार)मा उनीहरुले ६० हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भई उत्कृष्ट अवार्ड हात पार्न सफल भएका बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।
अवार्ड ग्रहण गर्दे उनले बिद्यार्थीहरुको लगनशीलता, कडा मेहनत र सक्रियताका कारण यो अवार्ड प्राप्त गर्न सफल भएको भन्दै विद्यार्थीहरु प्रति कृतज्ञता प्रकट गरेका छन् ।
जेम्सले बिद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै व्यवहारिक एवं जिवनोपयोगी शिक्षा प्रदान गर्ने उद्धेश्यले यस खाले क्रियाकलापहरुको अभ्यास गराउँदै आएको छ । उद्यमशील मेलामा जेम्सका प्रिन्सिपल श्रेष्ठको नेतृत्वमा कर्णिका थापा,इन्शानी खतिवडा, संघीय याख्खा ,दीपमाला शंकर,इश्बु लिम्बु,सम्भवी सेडाई, सुभानी चम्लागाँई,गौरव रिमाल,रौनक अधिकारी,अंकित अग्रवाल र स्वर्णिम राई विद्यार्थीहरु सहभागि थिए ।
सो मेलामा देशभरीका १५ जिल्लावाट ३० वटा स्कुलका ८० भन्दा बढी स्टलहरु सहित विद्यार्थीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.