दमक,९ मंसिर । पाथीभरा एग्रो टुरिजम विशिष्टिकृत सहकारी संघ लिमिटेडको पाँचौं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।आईतबार दमकस्थित मेची सहकारी संस्थाको सभाहलमा सम्पन्नं साधारणसभाले अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराईलाई चयन गरेको हो । भट्टराई यो दोस्रो कार्यकाल हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कञ्चञ्जंघा बहुउद्देश्यीय सहकारी संस्था दमकका अध्यक्ष मणीकुमार भण्डारी, सचिवमा नवदुर्गा सहकारी संस्था दमकका अध्यक्ष प्रेम कोईराला चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डाँफे सहकारी दमकका अध्यक्ष तुलाराम न्यौपाने, महारानीझोडा सहकारी संस्था गौरादहका अध्यक्ष मिना ढकाल, जुरोपानी सहकारी गौरादहका अध्यक्ष अमरदास शिवाकोटी, कर्णाली सहकारी विर्तामोडका सञ्चालक सदस्य गिरिराज भट्टराई, ईन्द्रेणी सहकारीका चन्द्रकला निरौला र नवोदय सहकारी कमलकी सदस्य ममता गुरुङ सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी कावेली सहकारी दमकका अध्यक्ष रुद्रप्रसाद मिश्रको संयोजकत्वमा शुभलक्ष्मी सहकारी गौरादहका गोपी धमला र अडियामल सहकारीका अम्बिका ढकाल सदस्य रहेको तीन सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको छ ।
नेपाल कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष मिना ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा अध्यक्ष नारायण भट्टराईले अध्यक्षको प्रतिवेदन ,लेखा संयोजक रुद्र प्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रले अध्यक्ष र लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको थियो ।