दमक,८ मंसिर । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र मावोहाङ चेम्जोङ निर्वाचित भएका छन् ।
दमक ७ स्थित किरात भवनमा शनिवार सम्पन्न ११ औ नगर अधिबेशनको निर्वाचन कार्यक्रमबाट आगामी तीन वर्षे कार्यकालका लागि चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उनको यो नेतृत्व तेश्रो कार्यकाल हो ।
निर्वाचित समितिको उपाध्यक्षमा गंगा लेक्वा निङलेखु ,सचिवमा चन्द्रबहादुर कन्दङवा, सहसचिवमा आकास लावती र कोषाध्यक्षमा इन्द्रबहादुर लिम्बू चुनिएका छन । समितिको सदस्यहरुमा विक्रम सुब्बा थाङदेन, राजेन्द्रकुमार लिम्बू, सरिता आङबुहाङ,मनकुमारी बेघा, टंकप्रसाद माङलाक,लिलादेवी चेम्जोङ,रतनहाङ फियाक, देउमान साम्रा र नुमा साउदेन चयन भएका हुन् ।
निर्वाचित समितिलाई चुम्लुङ झापा जिल्ला अध्यक्ष समेत रहेका निर्वाचन समितिका संयोजक शेसेहाङ फियाकले विधान बमोजिम सपथग्रहण गराएका थिए । त्यसैगरि, चुम्लुङकी ंघीय सदस्य चन्द्रकला सुब्बा,निर्वाचन समितिका संयोजक फियाक,नवनिर्वाचित विक्रम थाङदेनले शुभकामना मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष चेम्जोङले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
नयाँ नेतृत्व चयन गर्न चुम्लुङ झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकको संयोजकत्वमा विष्णु आङदेम्बे, सेसेमी सेनाल्वो, मोहनसिंह थेवे र हरिदेवी लावती सदस्य रहेको पाँच सस्यीय निर्वाचन गठन गरिएको थियो ।
शुक्रवारदेखि शुरु भएको अधिबेशनको चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले उद्घाटन गरेका थिए । अधिबेशन उद्घाटनमा चुम्लुङलाई विशेष योगदान पुरयाँएवापत पूर्व नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फे र तिलकुमार शेर्मासहित ८० वर्ष माथिका हस्तबहादुर वेघा ,यामबहादुर लावती,फूलकुमारी लिङदेन, हर्कबहादुर कन्दङवा, नरमाया कुरुम्भोङ लगायतका ज्येष्ठहरुलाई समेत सम्मान प्रदान गरिएको थियो ।
अधिबेशनको शनिवार सम्पन्न बन्दसत्रमा चुम्लुङ दमक नगर समितिले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्षद्धारा प्रस्तुत गरिएका आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
नगर अधिवेशनमा दमकका विभिन्न ९ वटा वडाका करिब ७० जना प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।